मेस्सीमाथि ३ महिनाको प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2019 | 08:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना प्रतिबन्ध लागेको छ । कोपा अमेरिका फुटबलका सम्बन्धमा उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि ३ महिनाको प्रतिबन्ध लगाएको हो ।

गत महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबलका क्रममा मेसीले ब्राजिललाई जिताउन नै प्रतियोगीता आयोजनान गरिएको भन्दै टिप्पणी गरेका थिए । प्रतिबन्धसँगै उनले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले ७ दिन भित्र अपिल गर्न सक्नेछन् । 

आगामी सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीले अपिल नगरेमा वा गरेको अपिल पनि खारेज भएमा ती कुनै पनि खेल गुमाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved