टि–२० को नयाँ वरियता सार्वजनिक, नेपाल कति औँ स्थानमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2019 | 03:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टि–२० को नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल नेपाल यथावत छ । नयाँ वरियतामा नेपाल अघिल्लो महिना झै ११औं स्थानमा यथावत छ । नेपालले १४ खेलबाट २०१ रेटिङ पाएको छ। 

नेपालले गत जुलाईमा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जितेको थियो । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको पनि एसिया फाइनल खेलेको थियो ।

नयाँ वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड रहेका छन् ।

यस्तै नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १५औं स्थानमा यथावत रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved