आईसीसी टी–२० वरीयतामा पारसको छलाङ, धोनी र गेल पछिपछि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 02:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले १६ स्थान माथि उल्कदै ठूलो छलाङ मारेका छन् । पारस टी–२०को अलराउण्डरतर्फ ४१ बाट २५औँ स्थानमा उक्लिएका छन ।

उनले भारतीय खेलाडी सुरेश रैनालाई पनि पछि पारेका छन् । पारसले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पनि पछि पारेका छन् । नेपाली खेलाडी यो वरीयतामा पुगेको हालसम्मै उच्च सफलता हो । अलराउण्डतर्फ सोमपाल कामी ६६औँ स्थानमा यथावत रहेका छन् । 

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् । ४१७ अंकका साथ पारसले भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औंँ स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved