सन्दीपको ग्लोबल टी–२० क्यानडा यात्रामा पूर्णविराम !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 07:11:53 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टी–२० क्यानडामा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोरन्टो नेसनल्सलाई अर्का नेपाली बलर सोमपाल कामी आबद्ध विनिङपेग हग्सले पराजित गरेको छ । बिहीबार राति भएको इलिमिनेटरको खेलमा टोरन्टोमाथि विनिङपेगले डिएल मेथडमा २ रनको झिनो अन्तरले पराजित गरेको हो । 

खेलमा सन्दीपले विनिङपेगका २ विकेट लिएका थिए । सोमपाल कामीलाई भने विनिङपेगले आफ्नो पहिलो रोजाइको टिममा राखेन ।

खेलमा पहिले ब्याटिङ गरेको टोरन्टोले ५ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । टोरन्‍टोका लागि हेनरिक क्लासेनले नटआउट १०६ रन जोडेका थिए। उनले ४९ बलमा ११ चौका र ५ चौका प्रहार गरे । यस्तै रोद्रिगो थोमसले पनि ७३ रनको योगदान दिए ।

२३९ रनको विशाल लक्ष्य पछ्याएको विनिङपेगले १७.१ ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यतिबेला विनिङपेगका जेपी डुमिनीले ८५ रन जोडेर खेलिरहेका थिए । उनले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान रायद इमरित पनि १५ बलमा ३३ रन बनाएर खेलिरहेका थिए ।   

त्यसपछि खेल हुन नसक्दा विनिङपेग २ रनले विजयी भयो । हारसँगै टोरन्टो बाहिरिएको छ भने विनिङपेग दोस्रो क्वालिफायरमा पुगेको छ ।

सन्दीपले जारी प्रतियोगितामा लगातार चार खेलमा ५ विकेट लिएका छन् । चार खेल खेलेसँगै सन्दीपको यो सिजनको क्यानडा यात्रा पनि सकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved