इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, उद्घाटन खेलमा लिभरपुल र नर्विच सिटी भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 08:24:00 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करणको उपविजेता लिभरपुलले नर्विच सिटीसँग खेल्दै छ । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने छ । 

प्रिमियर लिग बढुवा हुँदा नर्विचको प्रदर्शनका कारण लिभरपुल केही दबाबमा भने हुनेछ । यद्यपी घरेलु दर्शकसामू लिभरपुललाई नर्विचले रोक्न सक्ने स्थिती भने नभएको विश्लेषहरुले बताएका छन् । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन् । 

लिभरपुल गत सिजन एक अंकले पछि पर्दा उपाधि म्यानचेष्टर सिटीको पोल्टामा पुगेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved