इङ्लिस प्रिमियर लिगः लिभरपुलको सानदार सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 11:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले विजयी सुरुवात गरेको हो । सिजनको पहिलो गोल नर्विचका कप्तान ग्रेन्ट हेन्लेको आत्मघाती गोल बन्यो ।खेलको ७औं मिनेटमा उनले आत्मघाती गोल गर्न पुगे ।

१९औं मिनेटमा मोहम्मद सलाहले रोर्बटो फर्मिनोको पासमा पोस्ट नजिकबाटै सहज गोल गरे । २८‍औं मिनेटमा सलाहको कर्नरमा भिर्जिल भान डिजेकले लिभरपुलका लागि तेस्रो गोल गरे । ४२ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नाडले मध्यभागबाट दिएको पासमा ओर्गीले डीबक्स नजिकैबाट हेडिङ गर्दै चौथो गोल गरे ।

दोस्रो हाफको ६४औं मिनेटमा टिमु पुक्किले नर्बिचका लागि एक गोल फर्काए । दोस्रो हाफमा भने लिभरपुलले कुनै गोल थप्न सकेन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved