नेपालको लगातार चौथो हार, थाइल्यान्डसँग ८ विकेटले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 03:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला टी-२० एसिया कप अन्तर्गतको आजको खेलमा समेत नेपाल पराजित भएको छ। यस अघि खेलेका ३ खेलमै पराजय भोगेको नेपालले आज थाईल्याण्डसंग समेत ८ विकेटले हार बेहोरेको छ। 

पहिले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १९ दशमलब ५ ओभरमा अल आउट हुँदै मात्र ६३ रन जोड्यो। नेपालका लागि ओपनर खेलाडी ज्योति पाण्डेले सर्वाधिक १६ रन जोडिन। 

त्यस्तै ६४ रनको झिनो लक्ष्य पछ्याएको थाइल्याण्डले ४ ओभर बाँकि रहंदा नै मात्र २ विकेटको क्षतिमा जीत निकाल्न सफल बन्यो। २४ बल बाँकी रहंदा नै थाइल्याण्डले ६५ रन जोड्दै नेपाललाई स्तब्ध बनाएको हो। 

नेपालका लागी ओपनर जोडी ज्योती र सिता रानामगरले पहिलो विकेटका लागि ४४ बलमा ३० रन बनाएर उत्कृष्ट सुरुवात गरे पनि उनीहरुपछि आउने खेलाडीले लय गुमाउँदा नेपालले लगातार चौथो हार बेहोरेको छ। पहिलो विकेट गुमेपछी ब्याटिंगका लागि मैदान प्रवेश गरेकी सिता ९ रनमा आउट भएपछि नेपालको विकेट पतनको सिलसिला सुरु भयो।

नेपालले पछिल्लो ७५ बलमा ९ विकेट गुमाउँदै ३३ रन मात्र बनायो। नेपालले यस अघि पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पराजित भैसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved