एक ट्वीटले अमेरिकी दूतावास गल्ती स्वीकार्न बाध्य, सन्दीपले पाए भिसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 01:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको भन्दै ट्वीट गरेपछि दूतावासले भिसा दिएको छ । मंगलबार विहान भिसा लिन १० बजे नै दूतावासमा पुगेका सन्दीपलाई दूतावासले भिसा दिन इन्कार गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा सन् २०१६ देखि नै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिईरहेको खेलाडीलाई अमेरिकाले भिसा नदिएर खेलाडीको मनोबल गिराउने काम भएको उल्लेख गरेका थिए ।

उनको यो ट्वीटको ४ घण्टामै दूतावासले आफ्ने कमजोरी स्वीकार गर्दै सन्दीपलाई भिसा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित अमेरिकी राजदूत र दूतावासलाई मेन्सन गरेर सन्दीपले लेखेको ट्वीटले विश्वभरमा तरङ्ग ल्याएको थियो । 

क्यारेबियन प्रिमियर लिग खेल्न जाने तयारीमा रहेका उनले भिसा नपाएपछि आफ्नो खेल अनिश्चित बनेको गुनासो गरेका थिए । तर दूतावासको यो कदमको चर्को आलोचना भएपछि दूतावासले अपरान्ह बोलाएर सन्दीपलाई भिसा दिएको छ । 

सन्दीपले दूतावासले भिसा दिएको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved