काउटिन्हो वायर्न म्युनिख जाने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 07:46:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो जर्मन क्लब वायर्न म्युनिख जाने निश्चित भएको छ । बार्सिलोनाले काउटिन्होलाई बायर्नमा विक्रि गर्न लागेको हो । 

बायर्नले १ वर्षका लागि काउटिन्होलाई लोनमा अनुबन्ध गर्ने भएको हो । आइतबार उनको स्वास्थ्य परिक्षण गरेर औपचारिक रुपमा अनुबन्ध गरिएको जानकारी गराउने बायर्नको तयारी छ ।

बायर्न जाने पक्का भएपछि काउटिन्होले शुक्रबार राति भएको ला लिगाको पहिलो खेल पनि खेलेनन् । 

२७ वर्षीय काउटिन्हो गत सिजन मात्र बार्सिलोना आएका थिए । उनले गत सिजन बार्सिलोनाबाट ५४ खेल खेल्दै ११ गोल गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved