भारतसँग नेपालको लज्जास्पद हार, कुनै खेलाडीले बनाएनन् दोहोरो अंकको रन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 01:10:53 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आजको खेलमा निक्कै कमजोर प्रदर्शन गरेको नेपाल भारतसंग ९९ रनले पराजित भएको हो। 

१ सय २० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालको ब्याटिंग लज्जास्पद रह्यो । नेपालले १६.३ ओभरमा अल आउट हुदै २१ रन मात्र जोड्न सक्यो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन भने ४ खेलाडीले खान नै खोल्न सकेनन ।  

नेपालका लागि सरिता मगरले सर्बाधिक ६ रन जोडिन भने करुणा भण्डारी , रुबिना क्षेत्री र ज्योति पाण्डेले समान २ रन जोडे । सित मगर बहने एक रन मै आउट भईन । नेपालले ८   अतिरिक्त   रन पाएको थियो । 

यस अघि पहिले ब्याटिंग गरेको भारतले १२० रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले तथा करुणा भण्डारी र सितार मागेले समान १-१ विकेट लिए । 

यो संगै नेपालले प्रतियोगिताका सबै खेलमा पराजय बेहोरेको छ । यस अघि नेपालले थाईल्याण्ड, श्रीलंका, पाकिस्तान र बंगलादेशसंग पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved