बहुप्रतिक्षित २ सय ६५ औ 'एल क्लासिको' आज, कहाँ हेर्ने लाइभ ? कस्तो छ बिगत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2016 | 05:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार क्लब फुटबलको बहुप्रतिक्षित खेल 'एल क्लासिको' हुदै छ । स्पेनको दुई बलियो प्रतिद्धन्द्धी रियल म्याड्रिड र बार्सिलोनाबीच हुने यो खेलले बिश्वभरका फुटबल समर्थकको ध्यान तानिरहेको छ। आज हुन् लागेको खेल २ सय ६५ औ 'एल क्लासिको' हो । यी दुई यस अघि मैत्रीपूर्ण तथा अन्य खेल गरि २६४ पटक भिडेका छन् । अफिसियल रुपमा भने आज हुने भिडन्त २ सय ३२ औ हो ।

कसको प्रदर्शन कस्तो ?

२ सय ६५ खेल मध्ये बार्सिलोनाले १०९ खेल जितेको छ भने रियलले ९७ खेल जितेको छ । त्यस्तै ५८ खेल बराबरी भएका छन् । समग्रमा बार्सिलोनाले धेरै खेल जितेको भएपनि अफिसियल खेलमा भने रियलले बाजी मारेको छ । रियलले ९३ अफिसियल खेल जितेको छ बहने बार्सिलोनाले ९० खेल जितेको छ । त्यस्तै ४८ खेल बराबरीमा टुंगिएका छन् । यी दुई टोली पछिल्लो पटक गत अप्रिलमा भिडेका थिए जहाँ रियलले बार्सिलोनाले २-१ गोल अन्तरले पराजित गरेको थियो ।

आजको खेललाई अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियनो रोनाल्डोबीचको भिडन्तको रुपमा पनि लीईएको छ । त्यस्तै आज बार्सिलोनाका लुइस स्वारेज, नेमार तथा रियलका क्रिम बेन्जामा, लुका मोद्रिच, पेपेमा ध्यान केन्द्रित हुने छ । आजको खेलमा बेल र टोनी क्रुस भने हुने छैनन् । रियलले ला लिगाको पछिल्ला ५ खेलमा जित हात पारेको छ भने बार्सिलोनाले ३ मा जित र २ मा बराबरी खेलेको छ ।

कहाँ हेर्ने लाइभ ?

आजको खेल नेपाली समय अनुसार बेलुका ९ बजे सुरु हुने छ । खेल Sony Six SD, Sony Six HD र SONY ESPN मा लाइभ हेर्न सकिने छ । त्यस्तै खेलको  sonyliv.com  मा खेलको लाइभ स्ट्रीमिंग हुने छ । बार्सिलोनाको घरेलु मैदानमा हुने यस खेल बिश्वभरका ४ अर्ब भन्दा बढीले हेर्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved