विश्वकप फुटबलको छनौट खेल्ने नेपाली टोलीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 12:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एसियन छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले कुवेत र चाइनिज ताइपेइसँगको खेल खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।

मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् ।

फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

नेपालले आगामी विहिबार समूह बि को पहिलो खेलमा कुवेतसँग र भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved