सँगै ‘डिनर’ गर्ने मेस्सी र रोनाल्डोको इच्छा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 08:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका फुटबल प्रेमीहरु कि लियोनल मेस्सीका समर्थक छन् त कि क्रिष्टियानो रोनाल्डोको । अहिले विश्व फुटबल यी दुई हस्तिहरुको वरीपरि घुमिरहेको छ । 

बिहिबार युरोपियन फुटबलल युएफाको उत्कृष्ट खेलाडीको उपाधि सार्वजनिक हुँदै थियो । यसको उत्कृष्ट ३ मा थिए लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक, बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो । 

यो अवसरमा ३ खेलाडी लहरै बसेका थिए । सुरुमा मेस्सी, बीचमा रोनाल्डो र छेउमा डाइक । उनीहरुमध्ये विश्व फुटबलमा एकअर्काका प्रतिस्पर्धी मानिने रोनाल्डो र मेस्सीको सौहार्दपूर्ण मित्रता हेर्न लायक थियो । उनीहरु घरी जिस्किरहेका र घरी हाँसिरहेका थिए । 

एक खेल पत्रकारले दुवैसँग कुरा गरिन । विश्व फुटबललाई २ खेलाडीले नै बर्चश्व कायम गरिरहेका बेला उपस्थितको नजर यी दुवैमा पर्नु स्वभाविक थियो । कुराकानीमा मेस्सीले रोनाल्डोको र रोनाल्डोले मेस्सीको तारिफ गरे । रोनाल्डोले आफू स्पेनमा रहदा मेस्सीले धेरै प्रेरणा दिएको र आफू आज यो स्थानमा रहेको बताए । मेस्सीले पनि सोही कुरा दाहोर्याउँदै स्पेनमा आफूहरुले १५ वर्ष प्रतिस्पर्धी भएर फुटबल खेलेपनि सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको जानकारी गराए ।

खेलाडीका आ–आफ्ना फ्यान हुने भएपनि आफ्नो समर्थन गर्ने नाममा मेस्सीको र मेस्सीको समर्थनका नाममा आफ्नो विरोध गर्दा मन खिन्न हुने रोनाल्डो बताउँछन् । फ्यानलाई खेलाडीको समर्थन गर्ने अधिकार भएपनि रोनाल्डो र आफ्नो बीचमा कहिल्यै नराम्रो सम्बन्ध नरहेको मेस्सी बताउँछन् । आफूहरु फुटबल खेल्न जन्मेको भन्ने रोनाल्डोले मेस्सी अझै ६ वर्ष सक्रिय रुपमा खेल्न सक्ने भन्दै ढाडस दिए । आफू मेस्सीभन्दा २ वर्ष जेठो भएको जानकारी गराउँदै रोनाल्डोले अझै केही वर्ष यस्तै प्रतिस्पर्धाको ‘रोमाञ्चक’ श्रृङ्खला जारी रहने प्रष्ट पारे । आफूहरुका फ्यानलाई यसको भरपुर मजा लिन पनि उनले भनेका छन् ।

स्पेनमा १५ वर्ष फुटबल खेल्दा पारिवारिक रुपमा यी दुई खेलाडी निकै नजिकिएका रहेछन् । तर एक अर्काका परिवारप्रति पूर्ण जानकार यी दुईले आजसम्म सँगै ‘डिनर’ गर्न नपाएकोमा दुखी महशुस गरे । विश्व फुटबलका यी दुई हस्तिले निकट भविष्यमा परिवारसहित ‘डिनर’ गर्ने योजना पनि बनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved