प्रशिक्षकको रुपमा फेरि नेपाल आउँदै दशानायके

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 03:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुनः प्रशिक्षककै रुपमा नेपाल आउने भएका छन् । उनले टी–२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्सको टोलीलाई प्रशिक्षण दिनेछन् ।

भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन् ।

उनले भने, ‘चर्चित क्रिकेट हस्तीलाई टोलीको अङ्ग बनाउन पाउँदा हामी गौरवान्वित छौँ । उनले फ्रेञ्चाइज क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटका लागि नै नयाँ प्रतिभाहरु खोज्नेछन् भन्ने हामीलाई विश्वास छ ।’

भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन । दशानायकेले नेपाललाई आफ्नो दोस्रो घर बताउने गरेका छन् । 

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई आफ्नो प्रशिक्षकका रुपमा भित्र्याएको हो । भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकरले दशानायकेको आगमनले छुट्टै रोमाञ्च दिएको बताएका छन् । 

इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट शुरू हुनेछ । प्रतियोगिता शुरू हुनु एक महिना अगाडि उनी नेपाल आइपुग्नेछन् । उनको पारिश्रमिक भने खुलाइएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved