सन्दिप लामिछानेको कप्तानीमा यु १९ एसिया कपको लागि नेपाली टोलीको घोषणा (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 11:00:04 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा हुने यु १९ एसिया कपको लागि नेपाली टोलीको घोषणा भएको छ । ३ सदस्यीय छनौट समितिले सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।   छनौट समितिमा आईसीसी एसियाका डेभलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यु १९ टोलीका प्रशिक्षक बिनोद दास थिए । 

यी हुन छनौटमा पर्न सफल १५ खेलाडी तथा ४ बैकल्पिक खेलाडी  ।  

सन्दिप लामिछाने (कप्तान)
 असिफ शेख 
 रबिन्द्र जङ्ग शाही
 अदिल खान
 भिम सार्की
 अनिल कुमार शाह
 दिपेन्द्र ऐरि
 पवन सराफ 
 सुबर्णकार उराउ
  सन्दिप सुनार
  कमल सिंह ऐरि
  नन्दन यादब
 प्रकाश केसि
  रोहित पौडेल 
 अबिनास कर्ण

बैकल्पिक -:
शाह आलम
किशोर महतो
बिक्रम भुसाल
शुसान्त थापा

प्रतियोगिता डिसेम्बर १८ देखि २३ सम्म हुने छ ।  प्रतियोगिता नेपाल समुह ए मा परेको छ । समुह एमा नेपाल संगै भारत , श्रीलंका र मलेशिया छन् । त्यस्तै समुह बिमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् । राउण्ड रोबिन लिगमा आधारित रहेर खेलिने प्रतियोगितामा समुहको शिर्ष २ स्थानमा पर्न सफल टोली  सेमिफाइनल प्रवेश गर्ने छन् ।   

सन् २०१३/१४ को प्रतियोगिता भएपछि निरन्तरता पाउन नसकेको यु १९ एसिया कप यस बर्ष हुने भएको हो । एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रतियोगिता संचालन गर्ने लागेको हो  ।   समुह एको खेल कोलम्बोमा हुने छ भने बीको खेल दक्षिणी श्रीलंकामा हुने तय भएको छ ।

पहिलो पटक एसिया कप सन् २०१२ मा मलेशियामा भएको थियो जसमा फाइनल खेल बराबरी भएपछि भारत र पाकिस्तान दुवै टोली संयुक्त रुपमा बिजेता बनेका थिए। त्यस पछि दोस्रो संस्करण  सन २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यस यता प्रतियोगिता हुन् सकेको थिएन । 

यस अघि नेपाली यु १९ टोलीले यु १९ बिश्वकपमा सहभागिता जनाएको थियो, जसमा नेपाल क्वाटरफाइनलमा बंगलादेशसंग पराजित भएको थियो।   हेर्नुस खेल तालिका ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved