टि २० सिरिज खेल्ने नेपाली टोलिको घोषणा, दीपेन्द्र उपकप्तान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 09:13:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा घोषित नेपाली टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई ल्याईएको छ ।

नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल सहभागी नभएपछि दीपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएको टोलीमा १५ सदस्य छन् । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले टोलीको छनौट गरेका हुन् । 

सेप्टम्बर २७ बाट सुरु हुने शृङ्खलामा नेपालसहित आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे सहभागी हुँदैछन् । 

१५ सदस्यीय नेपाली टोली

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, बिनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहितकुमार पौडेल ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved