रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियुको पोल्टामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 09:24:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियु रामेछापले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाईब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि टाईब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगीतामा डाइनामिक युथले महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै तेस्रो हुन सफल भएको छ । 

विजेता बनेको अनेरास्ववियुले २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा चित्त बुझाएको लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार पुरस्कार पाएका छन् । 

विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुशोत्तम कँडरियाले पुरस्कार वितरण गरेका थिए ।

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा २७ टोलीले सहभागीता जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved