को बन्ला फिफा वर्ष खेलाडी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 10:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको घोषणा आज गर्ने भएको छ । इटालीको मिलानमा फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा परेका तीन खेलाडीमध्येबाट आज राती अवार्डको घोषणा हुन लागेको हो । तीन खेलाडीमा बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका भिर्जिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो छन् ।

लिभरपुललाइ च्याम्पिन्स लिगको उपाधि दिलाउदा उत्कृष्ट भूमिका निभाएका डाइक पहिलो पटक यो अवार्डको शीर्ष तीनमा परेका हुन् । उनले यसअघि यूईएफए वर्ष खेलाडीको अवार्ड पनि जितेका छन् । सो बेला उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेका थिए ।

यो अवार्डको लागि मनोनयमा रहेका अर्का खेलाडी रोनाल्डोले पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि र  युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए । यूईएफए वर्ष खेलाडीमा उनी तेस्रो स्थानमा छन् । 

मनोनयनमा परेका अर्का स्टार मेस्सीले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता पनि बनेका थिए भने सो प्रतियोगितामा युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved