च्याम्पियन्स लिग : यी हुन् दोस्रो चरण पुगिसकेका १४ टोली, २ टोलीको छिनोफानो आज हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 11:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित युएफा च्याम्पियन्स लिगको दोस्रो चरणमा पुग्ने १६ मध्ये १४ टोलीको टुंगो लागेको छ । बाँकी २ टोलीको टुंगो भने आज लाग्ने छ ।

कुन कुन पुगे दोस्रो चरण ?

समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको र  लेस्टर सिटी । 

उप बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक र बायर लिभरकुजेन ।  

दोस्रो चरण प्रवेश गरेका तर समुह बिजेता वा उप बिजेताको आज टुंगो लाग्ने टिम हरु : बोरेसिया डर्टमथ , रियल म्याड्रिड र युभेन्टस । (यी टोली समुह बिजेता वा उप बिजेता बन्न सक्छन तर दोस्रो चरण भने पुगी सकेका छन् ।

आजको खेलपछि दोस्रो चरण पुग्न सक्ने टिमहरु : पोर्तो, सेभिल्ला, लायोंन र  कोपेंनहेगन ।

यसैबिच च्याम्पियन्स लिगमा आज ८ खेल हुदै छन् । आज हुने खेलले समुह ए, एफ , जी र एचको बिजेता तथा समुह बिजेताको टुंगो लगाउने छ भने पोर्तो, सेभिल्ला, लायोंन र  कोपेंनहेगन मध्ये कुन २ टोली दोस्रो चरणमा पुग्ने छन् भन्ने निर्क्योल गर्छ ।

यस्तो छ आजको खेल तालिका   । सबै खेल नेपाली समय अनुसार राति १: ३० बजे सुरु हुने छन्  ।

 

च्याम्पियन्स लिगको दोस्रो चरणको खेल तालिका आगामी सोमबार बेलुका सार्बजनिक हुने छ   । सोहि दिनमा अन्तिम ८ प्रवेशको लागि कुन टोलीले कुन प्रतिद्वोंदी पाउने भन्ने टुंगो लाग्छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved