सन्दिप इंग्ल्यान्डको नयाँ लिगको ड्राफ्टमा, तोके दोस्रो उच्च मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अर्को अन्तर्राष्ट्रिय लिगको लागि ड्राफ्टमा परेका छन् । सन्दिप इंग्ल्यान्ड तथा वेल्स क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको 'द हन्ड्रेड' नामको लिगको ड्राफ्टमा परेका हुन् ।

ड्राफ्टको लागि सन्दिपले आफ्नो न्युनतम मूल्य १ लकः पाउण्ड अर्थात् नेपाली १ करोड ३९ लाख ८५ हजार राखेका छन् । यो प्रतियोगिताको दोस्रो ठुलो बेस प्राइज हो । १ लाख २५ हजार पाउण्डमा भने ८ विदेशी खेलाडी रहेका छन् । सन्दिप रहेको समुहमा १७ जना विदेशी खेलाडी छन् । ६७ जना वीदेशी खेलाडी भने बिना मूल्य तोकिए ड्राफ्टमा गएका छन् । 

प्रतियोगितामा ८ टोली रहने छन् भने भने हरेक टोलीमा ३ जना मात्र विदेशी खेलाडी रहन पाउने छन् ।  अर्थात् यस प्रतियोगितामा २४ विदेशी खेलाडीले मात्र अवसर पाउने छन् । 

कस्तो हो प्रतियोगिता ?

यस प्रतियोगितामा एक इनिंङमा एक सय बल हुने छ । १० बल बलिंङ गरेपछि बलिंङ गर्ने साइड(end) परिवर्तन हुन्छ  ।  एक बलरले लगातार ५ वा १० बल गर्न सक्छ  । तर उसले इनिंङमा २० बल मात्र गर्न पाउछ ।  पावर प्ले २५ बलको हुन्छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved