टी–२० को नयाँ वरीयताः कप्तान खड्काको छलाङ, ३ खेलाडीको इन्ट्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 01:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० वरीयतामा पहिलो पटक नेपालका तीन खेलाडी समावेश भएका छन् । सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आईसीसीको वरीयतामा समावेश भएका हुन् ।

वरीयताको बलिङतर्फ सन्दीप ४२२ रेटिङ अङ्क पाउँदै ६४औँ स्थानमा रहँदा ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल कामी ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त रेग्मी ९०औँ स्थानमा झरेका छन् । 

टी ट्वान्टीको अलराउन्डर वरीयतामा नेपाली कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् । कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका सोमपाल ६२औँ स्थानमा यथावत् छन् । अलराउन्डतर्फ करण केसी ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ भने कप्तान खड्का ६६औँ स्थानबाट एकैपटक ४५औँ स्थानमा उक्लिएका छन् । कप्तान पारसले ब्याटिङतर्फ ४६६ रेटिङ अङ्क पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved