आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस अगाडी, नेपाली बलरपनि नयाँ वरियतामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 08:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले टी–२० ब्याटिङतर्फ जारी गरेको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका छन। 

नयाँ वरियताक्रममा पारस खड्का ४५औं स्थानमा परेका छन। खड्काभन्दा धोनी २१औं र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो र न्यूजिल्यान्डका कोलिन मुन्रो तेस्रो स्थानमा छन्।

नेपाली क्रिकेट टोलीका कप्तान खड्का अलराउन्डरतर्फ २४औं स्थानमा छन्। उनी इङल्यान्डका जोय रुट, अफगानिस्तानका रसिद खान लगायतका विश्व प्रसिद्ध खेलाडीभन्दा अगाडि छन्। अलराउन्डर तर्फको वरियतामा नेपालका सोमपाल कामी र करण केसी पनि छन्। कामी ६०औं र केसी ७७औं स्थानमा परेका छन । 

बलिङतर्फ नयाँ अनुहार

त्यस्तै नेपालका युवा बलरहरू पहिलोपटक आईसीसीको नयाँ वरियतामा परेका छन्। नयाँ वरियतामा लेग स्पीनर सन्दीप लामिछाने ६४औं स्थानमा  छन् भने करण केसी ८३औं स्थानमा परेका छन। अर्का युवा बलर अबिनास बोहरा १००औं स्थानमा अटाएका छन् भने यसअघि पनि वरियतामा परिसकेका सोमपाल कामी ६८औं तथा बसन्त रेग्मी ८९औं स्थानमा छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved