टी–२० वरियतामा नेपाल खस्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 08:59:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आइसिसीले निकालेको अक्टोबर महिनाको टी–२० पुरुष वरियतामा नेपाल ११ औँ स्थानबाट १३ औँ स्थानमा पुगेको छ ।  दुई साताभित्र दुईवटा टी–२० अन्तराष्ट्रिय सिरिज खेल्दा पनि नतिजा खराब आएपछि नेपालको स्थान ओरालो लागेको हो । 

यसअघि नेपालको वरियाता नम्बर ११ मा स्कटल्यान्ड पुगेको छ । युएई १२औँ स्थानमा छ । स्कटल्यान्ड र युएईले समान १९४ रेटिङ अंक पाउँदा नेपालले १९० मात्रै पाएको छ । 

टी–२० को नयाँ वरियतामा २७४ रेटिङ अंकका साथ पाकिस्तानले शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो र भारत चौथो स्थानमा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved