पारस खड्काले दिए कप्तानबाट राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 10:22:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजिनामा दिएका छन् । खड्काले कप्तानबाट राजिनामा दिएका हुन् 

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट नै पारसले राजिनामा दिएका हुन् । निलम्बन फुकुवा भएकोमा खुसि व्यक्त गर्दै पारसले निर्वाचनबाट चयन भएको नयाँ कमिटिलाई शुभकामना समेत दिएका छन् । 

उनले भनेका छन् ' अब नयाँ तरिकाबाट काम गर्नु पर्छ, त्यसको लागि ताजा सुरुवात स्पष्ट लक्ष्य चाहिन्छ' । उनले आफुलाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिएका छन् 

खड्का नेपाली टिमका सर्वाधिक सफल कप्तान हुन् । उनकै नेतृत्वमा नेपालले टी-ट्वान्टी विश्वकप खेलको थियो भने एक दिवसीय मान्यता पनि पाएको थियो । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved