अबको कप्तानको लागि पारस खड्काले सुझाए २ खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 12:54:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफ्नो निर्णय एक्कासी नआएको प्रष्ट पारेका छन् । आफुले यस विषयमा पहिल्यै देखि सोची रहेको र सरसल्लाह गरेको उनले प्रष्ट पारेका हुन्  । तर निर्णय भने आफ्नो व्यक्तिगत रहेको उनले प्रष्ट पारेका छन्  

राजिनामापछि प्रतिक्रिया दिदै खड्काले आफुले निलम्बन फुकुवाको समय पर्खिरहेको र फुकुवा हुनासाथ राजिनामा दिने सोच पहिल्यै नै बनाएको बताएका हुन्  । उनले क्यानको निलम्बन फुकुवा भएसंगै अब नयाँ तरिकाबाट अगाडी बढ्नु पर्ने र सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए  । उनले भने 'फिल्डमा जित वा हारको समयमा राजिनामा दिने भन्दा पनि निलम्बन फुकुवाको क्षण कुरिरहेको थिए' 

उनले भविष्यमा कप्तानको लागि अफर आएपनि आफु कप्तान नबन्ने र खेलाडीको रुपमा अर्को निर्णय नगरेसम्म खेली रहने बताए  । २००९ देखि लगातार १० बर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनले सबै भन्दा ठुलो क्षण एक दिवसीय मान्यता पाउनु रहेको बताएका छन्  

भावी कप्तानको बारेमा सोधिएको प्रश्नमा खड्काले अब १-२ बर्ष ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्नु पर्ने बताए  । टोलीको सबै भन्दा सिनियर खेलाडी भएकोले उनले मल्लले केहि बर्ष लिड गर्नु पर्ने बताएका हुन्  । साथै उनले दीपेन्द्र सिहं ऐरीले उप कप्तानको जिम्मेवारी सम्हाली सकेकोले उनी पनि कप्तानको दाबेदार हुन् सक्ने तर्फ संकेत गरे  । यद्यपि कप्तानीको निर्णय टिम म्यानेजमेन्टमा रहने उनले प्रष्ट पारे। 

यो पनि : 

पारस खड्काले दिए कप्तानबाट राजिनामा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved