अहिलेसम्म ठुलो मूल्यमा सन्दिप इंग्ल्यान्डको लिगमा अनुबन्धन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 08:13:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अर्को अन्तर्राष्ट्रिय लिगको लागि अनुबन्धन भएका छन् । सन्दिप इंग्ल्यान्ड तथा वेल्स क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको 'द हन्ड्रेड' नामको लिग अनुबन्धनमा भएका हुन् । आइतबार भएको ड्राफ्टमा सन्दिपलाई ओभल इन्भेन्सीबल्सले टिममा एक लाख पाउण्डमा खरिद गरेको छ । यो नेपाली रुपैयाँ १ करोड ४६ लाख बराबरको हो । सन्दिप विदेशी फ्रेन्चाइजी लिगमा अनुबन्ध भएकाे याे अहिलेसम्मकै ठुलाे रकम हाे । 

यो टिमका प्रशिक्षक टम मुडी रहेका छन भने घरेलु मैदान ओभल हो । टिमका मार्की वा इंग्ल्याण्ड खेलाडी साम कुरान रहेका छन । टिममा लोकल आइकन खेलाडीका रुपमा जेसोन रोय र टोम कुरान रहेका छन । सन्दिपको टिममा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ लगायत खेलाडी छन्।

प्रतियोगितामा ८ टोली रहने छन् भने भने हरेक टोलीमा ३ जना मात्र विदेशी खेलाडी रहन पाउने छन् ।  अर्थात् यस प्रतियोगितामा २४ विदेशी खेलाडीले मात्र अवसर पाएका छन् । 

कस्तो हो प्रतियोगिता ?

यस प्रतियोगितामा एक इनिंङमा एक सय बल हुने छ । १० बल बलिंङ गरेपछि बलिंङ गर्ने साइड(end) परिवर्तन हुन्छ  ।  एक बलरले लगातार ५ वा १० बल गर्न सक्छ  । तर उसले इनिंङमा २० बल मात्र गर्न पाउछ ।  पावर प्ले २५ बलको हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved