बार्सालाई उछिन्दै ग्रनाडा ला लिगाको शीर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 12:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रनाडा स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । अल्भारो भाडिलोले गरेको एक मात्र गोल अन्तरले रियल बेटिसलाई हराउँदै ग्रनडा लिगको शीर्ष स्थानमा उक्लिएको हो । १० खेलबाट २० अंक जोडेको ग्रनाडा  शीर्ष स्थानमा रहँदा बार्सिलोना दोस्रो स्थानमा छ । 

एक खेल कम खेलेको बार्सिलोना तथा एथ्लेटिको म्याड्रिड, सेल्टा भिगो र सेभियाभन्दा ग्रनाडाले १ अंकको अग्रता बनाएको हो । मंगलबार रियल भालाडोलिडलाई हराउन सके बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ ।

आइतबार भएको अर्को खेलमा सेभियाले गेटाफेलाई २–० ले हराउँदा ओसासुनाले भ्यालेन्सियालाई ३–१ ले पराजित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved