ला लिगाः भालाडोलिडमाथि बार्साको ‘अट्याक’, मेस्सीले गरे २ गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 10:02:42 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई पराजित गरेसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे । लुइस स्वारेज, क्लेमेन्ट लेङलेट र आर्थुरो भिडालले १÷१ गोल गरे । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको १५औं मिनेटमा किकोले गोल गर्दै रियल भालाडोलिडलाई खेलमा फर्काएका थिए । 

९ औं मिनेटमा भिडाल र ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म ३–१ ले अघि रह्यो । ७५औं मिनेटमा मेस्सी र ७७औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५–१ को जित दिलाए । 

यो जितसँगै बार्सिलोनाको १० खेलबाट २२ अंक भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved