ज्ञानेन्द्रको कप्तानीमा पहिलो सिरिज आज, पारस र सन्दीप नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 10:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा रहेको इङल्याण्डको पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दैछ ।

शनिबार नेपाल आएको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यू १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल ३८ रनले पराजित भयो ।

एमसीसीले सोमबार नेपालको सिनियर टिमसँग खेल्ने छ । नेपाली टिमका नयाँ कप्तान  ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो पटक सिरिज हुन लागेको हो । त्यसैले सबैको ध्यान ज्ञानेन्द्रमा परेको छ । कप्तान मल्लले एमसीसीविरुद्धको खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन् ।

नेपालले नोभेम्बर १२ देखि बंगलादेशमा शुरु हुन लागेको एसीसी इमर्जिङ कप खेल्ने भएकाले त्यसको अभ्यासका रुपमा पनि आजको प्रतियोगीतालाई हेरिएको छ । 

तर ५० ओभरको उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने भने नखेल्ने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved