च्याम्पियन्स लिगको तालिका आज सार्बजनिक हुदै, कहाँ हेर्ने लाइभ? को हुन् सम्भावित प्रतिद्वोंदी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 03:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित युएफा च्याम्पियन्स लिगको दोस्रो चरणको खेल तालिका आज सोमबार सार्बजनिक हुदै छ । तालिका सार्बजनिक भएपछि अन्तिम ८ प्रवेशको लागि कुन टोलीले कुन प्रतिद्वोंदी पाउने भन्ने टुंगो लाग्छ  । 

स्विजरल्याण्डमा हुने तालिका सार्बजनिक कार्यक्रम नेपाली समय अनुसार बेलुका ४ बजेर ४५ मिनेटमा सुरु हुने छ  । कार्यक्रमलाई Ten 2 र  Ten1 HD मा लाइभ हेर्न सकिने छ  ।  

कुन कुन पुगे दोस्रो चरण ?

समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ  , लेस्टर सिटी र युभेन्टस । 

उप बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक  , बायर लिभरकुजेन, रियल म्याड्रिड ,  पोर्तो र सेभिल्ला  ।  

 कसरी तय हुन्छ तालिका ?

तालिका तय गर्न निम्न नियम प्रयोग गरिन्छ  । 

१. समुह बिजेताहरुले लास्ट १६ मा एक आपसमा भिड्न पाउने छैनन्  । 

२. एकै देशका क्लबहरु लास्ट १६ मा एक आपसमा भिड्नु पाउने छैनन्  । 

३. समुह चरणमा आमने सामने भईसकेका टोली फेरी  लास्ट १६ मा आमने सामने हुन् पाउने छैनन्  । 

कसको सम्भावित प्रतिद्वोंदी को ?

आर्सनलले बेन्फिका, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड ,  पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।

नेपालीले पेरिस सेन्ट जर्मन, म्यानचेस्टर सिटी, बायाँन म्युनिक  , बायर लिभरकुजेन, रियल म्याड्रिड ,  पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।  

बार्सिलोनाले पेरिस सेन्ट जर्मन, बेन्फिका,  बायाँन म्युनिक  , बायर लिभरकुजेन,   ,  पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।  

एथलेटीकोले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायर लिभरकुजेन र  पोर्तो मध्येएक संग खेल्ने छ  ।  

मोनाकोले बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक  , रियल म्याड्रिड ,  पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।  

डर्टमथले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी,   पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।  

लेस्टर सिटीले पेरिस सेन्ट जर्मन, बेन्फिका,  बायाँन म्युनिक  , बायर लिभरकुजेन, रियल म्याड्रिड ,   र सेभिल्ला  मध्ये एक संग खेल्ने छ।  

युभेनटसले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक  , बायर लिभरकुजेन, रियल म्याड्रिड ,  र पोर्तो मध्ये एक संग खेल्ने छ ।  

त्यस्तै समुह बिका टोलीले निम्न अनुसारको प्रतिद्वोंदी पाउने सम्भावना छ ।

पीएसजीले  , नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड,  बोरेसिया डर्टमथ  , लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ । 

बेन्फिकाले आर्सनल,  बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ  , लेस्टर सिटी र युभेन्टस युभेन्टस मध्ये एक संग खेल्ने छ ।

म्यानचेस्टर सिटीले  नेपोली, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ र  युभेन्टस मध्ये एक संग खेल्ने छ । 

बायान म्युनिकले आर्सनल, नेपोली, बार्सिलोना,   मोनाको ,  लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।  

बायान लिभरकुजेनले आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड,  लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।  

रियल म्याड्रिडले आर्सनल, नेपोली, एथलेटिको म्याड्रिड, मोनाको ,   लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।  

पोर्तोले आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ  र युभेन्टस मध्ये एक संग खेल्ने छ ।  

सेभिल्लाले आर्सनल, नेपोली, बार्सिलोना, मोनाको , बोरेसिया डर्टमथ र  लेस्टर सिटी मध्ये एक संग खेल्ने छ।   

पहिलो लेग फेब्रुअरी १४, १५ तथा २१ र २२ हुने छ भने दोस्रो लेग मार्च ७, ८ , १४ र १५ मा हुने छ । 

त्यस्तै युरोपा लिगको खेल तालिका भोली बिहान सार्बजनिक हुदै छ ।  तालिका नेपाली समय अनुसार भोलि बिहान ५:४५ बजे सार्बजनिक हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved