कुवेतविरुद्दको खेल रशरथ रङ्गाशाला नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 03:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल अन्तगर्त एसियन छनौटको कुवेतविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ । एकमात्र अन्तराष्ट्रिय रङ्गाशाला दशरथ रंगशाला तयार नबनेका कारण खेल नेपालमा नहुने भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ति जारी गर्दै भुटानमा खेल खेलाउनेबारे फिफा र एएफसीलाई प्रस्ताव पठाएको जनाएको छ । भूकम्पपछिको पुननिर्माण भईरहेको दशरथ रङ्गाशाला अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार भईनसकेको भन्दै एएफसीले खेल अन्यत्र सार्न निर्देशन दिएको थियो । 

कुवेतविरुद्ध नेपालले मंसिर ३ गते खेल्दैछ ।

यसअघि अवे खेलमा नेपालले कुवेतको ७ गोल खाएको थियो । चाइनिज ताइपेइलाई २–० ले पारजित गरेको नेपालले अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार ब्यहोरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved