बालोन डि’ओर अवार्ड रोनाल्डोको पोल्टामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 08:15:19 AM मा प्रकाशित

laxmi  sunrise bank

लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बालोन डि’ओर अवार्ड जितेका छन् ।

३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले २००८, ०१३, ०१४ र यो वर्ष जिते । मेस्सीले भने गत वर्ष पाँचौपटक जितेका थिए, जसमा ०९ देखि लगातार चार वर्ष पनि छ ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोेले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।

फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर सुरुवाति मनोनयनमा परेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved