पाकिस्तान सुपर लिगका लागि नेपाली सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 02:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान सुपर लिग (पीएसएल)का लागि ५ खेलाडीहरुको नाम पठाएको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आग्रहमा पीएसएल लिगको आगामी संस्करणका लागि ५ खेलाडीको नाम सिफारिस गरेको जनाएको छ ।

क्यानले विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललित नारायण राजवंशी र अलराउन्डर आरिफ सेखको नाम सिफारिस गरेको हो । उनीहरुको नाम ड्राफ्टमा पर्ने वा नपर्ने भन्ने टुंगो लागिसकेको छैन ।

पाकिस्तान क्रिकेट बोर्डले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुपर लिगको आगामी संस्करण फेब्रुअरी २० देखि मार्च २२ सम्म चल्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved