‘बालोन डि ओर’ अवार्डको भोटिङ अवधि सकियो, कसले मार्ला बाजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 10:50:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ का लागि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘बालोन डि ओर’को लागि भोटिङ अवधि सकिएको छ । अवार्ड वितरक ‘फ्रान्स फुटबल’को कार्यतालिका अनुसार नोभेम्बर ११ को मध्यरातिबाट भोटिङ अवधि सकिएको हो ।

भोटिङका लागि ‘फ्रान्स फुटबल’ले तीन साताको समयावधि दिएको थियो । भोटिङ फर्म्याट अनुसार कूल १८० भोट खसेको छ ।

यसवर्ष अवार्ड घोषणा डिसेम्बर २ मा फ्रान्समा हुँदैछ । यस वर्ष अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि अवार्डको दौडमा छन् । रोनाल्डो र मेस्सीले यसअघि सो अवार्ड समान ५–५ पटक जितिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved