मेस्सी र रोनाल्डोले हालसम्म नजितेको अवार्ड मोड्रिकले जिते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 11:03:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को ‘गोल्डेन फुट’ अवार्ड स्पेनिस क्लब रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिकले जितेका छन् । उनले इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । मोड्रिकलाई मोनाकोमा आयोजित एक समारोहका बीच अवार्ड प्रदान गरिएको छ । 

३४ वर्षीय फुटबलर मोड्रिकले पहिलो पटक यो अवार्ड जितेका हुन् । तर विश्व फुटबलमा हाल निकै जमिरहेका २ खेलाडी रोनाल्डो र मेस्सीले फुटबल करिअरमा हालसम्म उक्त अवार्ड जित्न सकेका छैनन् । यो अवार्ड हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने २९ वर्षमाथिका खेलाडीलाई मात्र दिइन्छ । १७ औं संस्करणको यो अवार्ड मोड्रिकले जितेका हुन् । 

मोड्रिक ‘फिफा फिप्रो’मा विश्वकै उत्कृष्ट मिडफिल्डरको वर्ल्ड–११ मा परेका थिए ।

यसपटक सो अवार्डका लागि मोड्रिकसँगै बार्सिलोनाका मेस्सी, बार्सिलोनाकै जेरार्ड पिके, रियलका सर्जिरो रामोस, युभेन्टसका रोनाल्डो, युभेन्टसकै जर्जियो चिलिनी, फ्रेन्च क्लब पिएसजीका थियागो सिल्भा, इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अगुएरो, इंग्लिस खेलाडी वायने रुनी, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीसहित १० खेलाडी मनोनयनमा परेका थिए ।

गत वर्ष सो अवार्ड फ्रेन्च क्लब पिएसजी तथा उरुग्वेका इडिसन काभानीले जितेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved