मेस्सी र रोनाल्डोमा को उत्कृष्टको मुद्दा पेलेले टुंग्याईदिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 10:57:50 AM मा प्रकाशित

laxmi  sunrise bank

फुटबलका जादुगर समेत भनिने ब्राजिलियन फुटबलर पेलेले रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने मुद्दाको छिनोफानो लगाईदिएका छन् । उनले रोनाल्डो र मेस्सीको उचाईमा नेईमार नरहेको समेत उल्लेख गरेका छन् । 

रोनाल्डो मेस्सीमध्ये को उत्कृष्ट फुटबलर हो भन्नेमा विश्वभरका उनीहरुका समर्थक विभाजित छन् । ३ पटक विश्व कप विजेता बनिसकेका पेलेले खेल र खेल शैलीबारे अध्ययन गर्दै ग्याजेट्ट स्पोर्ट्सलाई तथ्यांक पेश गरेका हुन् । पेलेले पेश गरेको तथ्यांकमा हर हिसाबले बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी स्टार लियोनल मेस्सी विशिष्ट रहेको पुष्टि गरेका छन् ।

‘मेस्सी उत्कृस्ट छन् हर खेलमा, उनको बल पास गोल सहायता साथै गोल र खेल शैली विशिष्ट छ’ ७९ वर्षीया पेलेले भनेका छन्, ‘यदि हाल म र मेस्सी एक टिममा खेलेको हुन्थ्यौँ भने कुनै प्रतिद्वन्दीले हराउन सक्दैनथ्यो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved