पारससहित ७ नेपाली पाकिस्तान सुपर लिगको ड्राफ्टमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 03:50:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासहित सात नेपाली खेलाडी टी–ट्वान्टी पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सन ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा पूर्व कप्तान पारससहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सोमपाल कामी र शरद भेषवाकर परेका छन् ।

पीएसएलको ड्राफ्टमा सबै खेलाडी सिल्भर श्रेणीमा परेका हुन् । सिल्भरमा परेका खेलाडीको न्युनतम मुल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार डलर रहेको छ । 

यसअघि नै नेपालका अर्का युवा लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टको ‘प्लाटिनम’ श्रेणीमा परेका थिए । प्लाटिनम श्रेणीको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम २ लाख १८ हजार डलर रहेको छ । ड्राफ्टमा डिसेम्बरको पहिलो साता हुने पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved