प्रिमियर लिगमा आज ८ खेल हुदै, लिग लिडर चेल्सीलाई ६ अंकको अग्रता लिने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 05:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज राती ८ खेल हुदै छन् । आज नेपाली समय अनुसार राती १:३० बजे ३ खेल हुने छन् । त्यस समय मिडल्सबर्गले लिभरपुलसंग, वेस्ट ह्यामले बर्नलेसंग र सन्डरल्याण्डले चेल्सीको सामना गर्ने छ । आजको खेल जित्दै लिग लिडर चेल्सीलाई ६ अंकको अग्रता लिने अवसर छ ।

त्यस्तै राती १:४५ मा ५ खेल हुने छन् ।त्यस समयमा म्यानचेस्टर सिटीले वाटफोर्डसंग, वेस्ट ब्रोमले स्वांसी सिटीसंग, स्टोक सिटीले साउथह्याम्पटनसंग, क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाईटेडसंग, र टोटनहमले हल सिटीसंग प्रतिष्पर्धा गर्ने छन् ।

लिगमा चेल्सी शिर्ष स्थानमा छ भने आर्सनल दोस्रो, लिभरपुल तेस्रो, म्यान सिटी चौथो, टोटनहम पाचौ र म्यानचेस्टर युनाईटेड छैठौ स्थानमा छ । गत सिजनको लिग बिजेता लेस्टर भने १४ औ स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved