यी हुन् युरोकप खेल्ने २० टोली, बाँकि ४ स्थानको लागि १६ देशको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 10:16:07 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबलको महाकुम्भ भनेर चिनिने 'युरो कप २०२०' मा सहभागी जनाउने २० वटा टिमको टुंगो लागेको छ ।  छनौट खेलहरुबाट प्रतियोगितामा सहभागी जनाउने २४ मध्ये २० वटा टोलीको टुंगो लागेको हो । युरोकपको आगामी संस्करण आगामी जुन १२ देखि जुलाई १२ तारिखसम्म हुने छ । इतिहास मै पहिलो पटक युरोकप  विभिन्न देशका १२ वटा शहरमा हुने छ ।

खेल आयोजना गर्ने सहित सबै देश छनौट चरण पार गरेर प्रतियोगितामा आउँनु पर्ने युरोपियन फुटबल युएफाको नियम छ । जस अनुसार २० टोली छनौट भईसकेका छन् । छनौट भएका २० मध्ये १७ वटा टिम यस अघिको प्रतियोगिता खेलेका टिम हुन् । फिनल्याण्ड पहिलो पटक युरोकपको लागि छनौट भएको छ २०१६ मा छनौट नभएका नेदरल्याण्ड र डेनमार्कले यस पटक स्थान सुरक्षित गरेका छन् ।

हालसम्म बेल्जियम, इटाली, रसिया, पोल्याण्ड, युक्रेन, स्पेन, फ्रान्स, टर्की, इंग्ल्यान्ड, चेक गणतन्त्र, फिनल्याण्ड, स्वीडेन, क्रोएसिया, अस्ट्रिया, नेदरल्याण्ड, जर्मनी, पोर्चुगल, स्विजरल्याण्ड, डेनमार्क र वेल्स छनौट भएका छन् । पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । बाँकि ४ स्थानमा १६ टिमको सम्भावना कायम छ । यी १६ टिमलाई ४ वटा समुहमा बर्गिकरण गरिएको छ । हरेक समुहको बिजेताले युरोकपमा स्थान बनाउने छन् । 

जस अनुसार समुह ए मा बुल्गेरिया, हंगेरी, आईसल्याण्ड र रोमानिया छन् । बुल्गेरिया र हंगेरीबिचको बिजेता तथाआईसल्याण्ड र रोमानियाबिचको बिजेताले फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  ।

त्यस्तै समुह बि मा बोस्निया हर्जगोभिनिया, नर्दर्न आईल्याण्ड, स्लोभाकिया, र रिपब्लिक अफ आयरल्याण्ड छन्  । बोस्निया हर्जगोभिनिया र नर्दर्न आईल्याण्डबीचको बिजेता तथा स्लोभाकिया र रिपब्लिक अफ आयरल्याण्डको बिजेताले फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  ।

त्यस्तै समुह सी मा नर्वे, सर्बिया, स्कटल्याण्ड र इजरायल छन् । नर्वे र सर्बियाबिचको बिजेता तथा स्कटल्याण्ड र इजरायलबिचको बिजेताले  फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  ।

समुह डि मा जर्जिया, बेलारुस, नर्थ मेसेडोनिया र कोसोभो छन्  ।  जर्जिया र बेलारुसबिचको बिजेता तथा नर्थ मेसेडोनिया र कोसोभोबिचको बिजेताले  फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  । यी छनौट खेलहरु आगामी मार्च अन्तिम साता हुने छन् ।

बाँकि ४ टोलीको टुंगो लाग्न अझै समयय लाग्ने भएपनि युएफाले छनौट भईसकेका टिमको समुह बर्गिकरण भने यहि नोभेम्बर महिनामा नै गर्ने भएको छ । यद्यपि केहि देशको समुह भने टुंगो लागि सकेको छ । जस्तै इटाली समुह एमा , इंग्ल्यान्डको समुह डिमा, जर्मनी समुह एफमा, स्पेन समुह ई मा, नेदरल्याण्ड समुह सीमा, रसिया समुह बिमा, डेनमार्क समुह बि मा पर्ने पक्का भईसकेको छ । बाँकि टिमको समुह भने आगामी नोभेम्बर ३० मा टुंगो लाग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved