प्रहरीका खेलाडीलाई टेलिकमले प्रायोजन गर्ने, कति दिँदैछ पैसा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 05:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रायोजन नेपाल टेलिकमले गर्ने भएको छ । एक वर्षका लागि टेलिकम मूख्य प्रायोजक बन्ने भएको हो । नेपाल प्रहरी र टेलिकमबीच आज सम्झौता भएको हो ।

सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले प्रहरी महानिरीक्षक खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् । प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउने छ । 

सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved