यु १९ एसिया कप: दिपेन्द्र सिंह ऐरीको ९० रनका बाबजुद नेपाल एक रनले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 05:24:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिसी यु १९ युथ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल झिनो अन्तरले पराजित भएको छ। श्रीलंका बिरुद्दको पहिलो खेलमा नेपाल १ रनले पराजित भएको हो  ।  

२ सय २८ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४९.३ ओभरमा २ सय २६ रन बनाएर अल आउट हुन पुग्यो ।   

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ९० रन जोडे। अन्तिम ओभरको दोस्रो बलमा उत्कृष्ट छक्का प्रहार गर्दै उनले नेपाललाई जित नजिक पुर्याएका थिए  । तर तेस्रो बलमा उनी एलबिडब्लु आउट हुन् पुगे र नेपालले खेल गुमायो।  त्यस्तै अविनाश कर्णले ४० रन, आदील खानले ३९ तथा विकेट किपर केसी प्रकाशले १४ रन र  कमल सिंह ऐरीले ९ रन जोडे । 

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले नेपाललाई २ सय २८ रन्को बिजयी लक्ष्य दिएको थियो । श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको हो। श्रीलंकाका लागि हसिथ बोयागदाले सर्बाधिक ८३ रन जोडे  ।  

नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए।  उनले  खेलको पहिलो बलमै विकेट समेत लिएका थिए  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved