स्वर्ण दाबेदार खेलाडी साग छोडेर कतारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2019 | 11:52:14 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदकको दाबेदार मानिएकी तुलसा खत्री क्षेत्री प्रतियोगिताको छोडेर कतार पुगेकी छिन् ।  बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी हुन्। 

उनले आफ्नो घरमा पुजा भएको र मन्दिर जानु पर्ने भएकोले अभ्यासमा ढिलो आईपुग्ने जानकारी गराएकी थिइन् । तर पछि उनी सम्पर्कमा आइनन् । उनका प्रमुख प्रक्षिक्षक चन्द्र बहादुर गुरुङले उनी कतार हिडेको जानकरी पाएको उसकै साथीहरुबाट जानकारी पाएको बताए  । 

खत्री एथ्लेटिक्सकी खेलाडी हुन्। उनले आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी थिइन्। उनले ५९.५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन्। त्यसैले सागमा पनि उनलाई स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा हेरिएको थियो। उनले  ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने तय थियो । 

तर उनी साग खेल्नु भन्दा भविष्य खोज्न कतार हिडेकी छिन् । उनी दुबइ पुलिसमा भर्ती हुन कतार गएकी हुन् । उनले कतार जानु अगाडी प्रशिक्षक गुरुङलाई संदेश समेत पठाएकी छिन्। संदेशमा भनिएको छ 'देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ। मेरो जीवन सहज पार्न कतार हिडें’। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved