सागको भब्य उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 07:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद सागको भव्यतका साथ उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित भव्य समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन्।

उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलकका खेलाडी ओलम्पियन कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए। यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका थिए। राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन भएको छ । यसअघि सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपाललेनै १९९९ मा आयोजना गरेको थियो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानको सहभागिता छ । करिब ३ हजार खेलाडीले सहभागि यस प्रतियोगितामा २६ विधाका खेल हुने छ । जहाँ ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य पदकमा प्रतिस्पर्धा हुनेछन् ।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved