यु १९ एसिया कप:  भारतलाई १७३ रनको लक्ष्य, अन्तिम ओभरमा रोहितले बनाए २४ रन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 01:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिसी यु १९ युथ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले अहिले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकासंग १ रनको झिनो अन्तरले पराजित भएको भोलिपल्ट नेपालले भारतसंग प्रतिस्पर्धा गरिरहेको हो ।  

जारी खेलमा नेपालले भारतलाई १७३ रनको बिजयी लक्ष्य दिएको छ  ।  टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १७२  रन जोड्यो  ।  

नेपालका लागि रोहित कुमारले सर्बाधिक ६८ रन जोडे । उनले अन्तिम ओभरमा २ छक्का र ३  चौका समेत प्रहार गरे । उनले खेलमा कुन ७ चौका प्रहर गरे । ६८ मध्ये उनको ४० रन बाउन्ड्रीबाट आएको थियो  । 

 त्यस्तै हिजोको खेलमा ९० रनको  उत्कृष्ट पारी खेलेका दिपेन्द्र सिंह ऐरीले ३४ रन जोडे  ।  खेलमा आसिफ शेखले १८, केसी प्रकाशले १३, सन्दिप सुनारले ७ , शुभानकर उराउले ९ रन , पवन शरफले २, कप्तान सन्दिप लामिछानेले ७ रन जोडे  ।  

भिम सार्की, नन्दन यादव र आदील खानले खाता नै खोल्न सकेनन्  ।  भारतका लागि राहुल चाहरले सर्बाधिक ५ विकेट लिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved