आज २० स्वर्णको टुंगो लाग्ने, नेपालको फुटबल र क्रिकेट आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 08:47:58 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एसियाली खेलकुद अन्तर्गत आज मंगलबार २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । मंगलबार विभिन्न १५ खेलको २० स्वर्णको छिनोफानो हुन् लागेको हो । आज एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । 

भलिबलको महिला र पुरुष तर्फको फाइनल आज हुने छ । पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिलातर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै आज एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् ।

कराँतेमा पुरुषको ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा खेल हुनेछ ।

आज बाट नेपालको पुरुष फुटबल खेल सुरु हुने छ भने क्रिकेट पनि आज अनि सुरु हुनेछ।  फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

पुरुष क्रिकेटमा आज नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved