सबैभन्दा बढी बोलोन डी’ओर अवार्ड जित्ने खेलाडी बने मेसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 08:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाका कप्तान अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । उनले   लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् । यस संगै मेसीले सबैभन्दा धेरै यो उपाधि जित्ने कीर्तिमान समेत बनाएका छन्।रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा  लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।  

फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्ड मेसीले पहिलो पटक २००९ मा जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक र  २०१५ मा गरी पाचौं यो अवार्ड जितेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved