फुटबलमा नेपालको शानदार सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 03:40:37 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

दशरथ रंगशालमा मंगलबार भएको खेलको पाँचौं मिनेटमा नै नेपालले अग्रता लिएको थियो । नेपालको लागि सुजल श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको ६५ मिनेटमा अभिषेक रिजालले गोल गरे भने ७६ मिनेटमा मिक्चेन तामाङले गोल गर्दै नेपालको शानदार जित सुनिश्चित गरेका हुन् । 

जित संगै नेपाल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved