ब्याडमिण्टनमा नेपाल कास्य मै सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 03:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ । ब्याडमिण्टन कोर्टमा भएको सेमिफाइनलमा सिङ्गल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो ।

आजको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलङ्काको डायस अङ्गोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी  टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित भएका हुन् ।

महिला सिङ्गलतर्फ भारतकी अस्मिता चलिदा श्रीलङ्काकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधि नजीक पुगिन। सोही इभेण्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलङ्काकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गरिन । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो ।

महिला डबल्सतर्फ श्रीलङ्काका टी प्रमोदिका र के सिरिमाङ्गेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित ग¥यो । पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले श्रीलङ्काका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गर्यो।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलङ्काको अङ्गोडा र टी प्रमोदिकाको जोडीले बङ्गलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । सोही इभेण्टको अर्को खेलमा श्रीलङ्काका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित ग¥यो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved