शनिवार हुने खेलको टिकट रंगाशालमा नपाइने सम्भावना, अनलाइनबाटै लिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 06:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तर्गत शनिबार हुने खेलका सिमित टिकट मात्र बाँकी रहेको इसेवाले जनाएको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाले फुटबलका लागि न्यून सिट बाँकी रहेको र क्रिकेट खेलको टिकट पनि तिब्र रूपमा विक्री भइरहेकाले समयमै आफ्नो सिट बुक गर्न आग्रह गरेको हो । साग अन्तर्गतका फुटबल, क्रिकेट, भलिबल तथा बास्केटबलको टिकट विक्री तथा व्यवस्थापन इसेवाले गर्दै आएको छ । 

इसेवाका सिओओ रोशन लामिछानेले खेल अगाडी नै टिकट सोल्ड आउट हुने संभावना भएकाले रंगाशालमा टिकट उपलब्ध नहुन सक्ने बताएका छन् । सोहि कारण समयमै आफ्नो टिकट काटेर सिट बुक गर्न उनले आग्रह गरेका छन्। ‘ 

यसअघि भएका दुईवटा फुटबल म्याचमा १० हजार भन्दा बढि दर्शकले अनलाइनबाट टिकट काटेको इसेवाले जनाएको छ । सार्बजनिक बिदाको दिन नहुँदा पनि दर्शकको सहभागिता उत्साहपूर्वक भइरहेका बेला सार्बजनिक बिदा परेकाले शनिबार टिकट सोल्डआउट हुनसक्ने भएकाले समयमै टिकट बुक गर्न इसेवाले आग्रह गरेको हो । 

दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्ने छन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहने र दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र तस्विर भएको कुनै परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । 

यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका ग्राहकले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved