सागः पुरुष क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2019 | 01:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता अन्तर्गत क्रिकेटमा नेपालको स्वर्ण पदक पाउँने सम्भवना सकिएको छ । आज भएको खेलमा बंगलादेश यू–२३ सँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण जित्ने सपना टुटेको हो । फाइनलमा पुग्नबाट चुकेको नेपालले अब काश्य पदकका लागि खेल्नेछ । 

त्रिवि क्रिकेट मैदानमा बंगलादेशले दिएको १५६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर जम्मा १११ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४३, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेल ८ रन बनाएर आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३÷३ रन मा आउट हुँदा करण केसी १ रनमै सिमित रहे । पवन सर्राफ र आरिफ शेख ० रनमा मैदानबाट बाहिरिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । 

बलिङतर्फ पूर्वकप्तान पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ र अभिनास बोहोराले १ विकेट लिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved